arrow

राष्ट्रपति पौडेलको आन्दोलनकारीलाई वार्तामा आउन अपिल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
ramchandra-23.jpg

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा उत्पन्न विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी, नागरिक र सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन्।

आज एक विज्ञप्ति जारी गर्दै उनले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेन-जीका प्रतिनिधिहरूसँग वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले सबैलाई संयमित भएर वार्तामा आउन अपिल गरेका हुन्।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेकाले अब मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ