को हो जेन–जी समूह ? कतै अलमल भएको त छैन ? [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २५ बुधबार
4.8k
Shares
काठमाडौँ । जेन–जी समूहको आन्दोलनले नेपालमा छिट्टै परिवर्तन ल्याउने संकेत ल्याएको छ । सोमबार जेन–जीको आन्दोलनमा सरकारले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो । त्यसपछि आक्रोशित जेन–जी समूहको नेतृत्व तोडफोडमा उत्रियो ।
मंगलबार ठूलो भौतिक क्षति भएसँगै एउटा जेन–जी समूहका संयोजकले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुको उद्धेश्य भौतिक संरचना तोडफोड गर्ने नभएको भन्दै उक्त आन्दोलनमा घुसपैठ भएको जनाएका थिए ।
नेपाली सेनाले जेन–जीसँग वार्ताका लागि आह्वानसमेत गरेको छ । सेनाले जन–जीहरुसँग सम्पर्क भइरहेको संकेत गरेको छ । तर जेन–जीका समूह धेरै भएको देखिएको छ ।
जेन-जी समूह मिलेर एउटै भएर वार्तामा जाने हो भनेमात्र यसले निचोड दिन सक्छ ।