विद्याको आग्रह – संवैधानिक प्रावधानअनुसार अगाडि बढियोस्
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
4.1k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै संवैधानिक प्रावधानअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएकी छिन् ।
पूर्वराष्ट्रपति भण्डारीले आज प्रेस विज्ञप्ति जारी गरी ‘जेन–जी’को आन्दोलनपछि प्रधानमन्त्रीले दिएको राजीनामा स्वीकृत भइसकेको र संविधान बमोजिम गठित राष्ट्रपति एवं जननिर्वाचिन संस्थाहरू कायमै रहेको अवस्थामा आन्दोलनरत पक्षको माग र चाहनालाई समेत अभिव्यक्त गर्ने गरी संवैधानिक व्यवस्था बमोजिम मुलुकलाई राजनीतिक निकास दिनुपर्नेमा जोड दिएकी हुन् ।
उनले ‘जेन–जी’ आन्दोलनमा भएको मानवीय क्षति र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै आन्दोलनका क्रममा के कसरी हिंसात्मक गतिविधि भए भन्ने समीक्षा गर्न पनि आग्रह गरेकी छिन् ।