arrow

भरतपुर कारागारका कैदीबन्दी फर्किन थाले

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
nepal-police12.jpg

भरतपुर। चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दीहरू बिहीबारदेखि फर्किन थालेका छन्। बुधबार बिहान कारागारमा आगजनी गरेर भागेका ७४० जना कैदीबन्दीमध्ये ५४ जना आफैँ फर्किएको जिल्ला कारागार चितवनका प्रमुख रवीन्द्र ढुङ्गानाले जानकारी दिएका छन्।

बुधबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको घेरा तोडेर उनीहरू बाहिर निस्किएका थिए। ढुङ्गानाका अनुसार, उनीहरूलाई फोन गरेर बोलाएपछि फर्किने क्रम जारी छ।

“बुधबारको माहोल बेग्लै थियो, त्यतिखेर सबै निस्किएर गए,” ढुङ्गानाले भने, “सरकारले भागेका व्यक्तिहरूलाई जसरी पनि समात्छ भनेर पनि उनीहरू फर्किएका हुनसक्छन्।”

कैदीहरूले कारागार तोडफोड गर्दै मुख्य गेटमा आगजनी गर्न थालेपछि सुरक्षाकर्मीहरू उनीहरूलाई नियन्त्रण गर्न असफल भएका थिए। ५५० जनाको क्षमता भएको भरतपुर कारागारमा भाग्ने समयमा ४६ जना महिलासहित ७४० जना कैदीबन्दी थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ