arrow

प्रधानमन्त्री सुशीला कार्कीको शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
pm-susila-karki-first-woman-2025-2082-sept12.jpg

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको शपथ लिएकी छिन् । 

उनी नेपालकी पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जीहरूको आम सहमतिबाट पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी शपथ दिलाएका हुन्  । 

कार्की नेपालकी पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् । उनी नेपालकै पहिलो महिला प्रधानमन्त्री बनेसँगै यो कीर्तिमान विश्वमै विरलै बन्ने कीर्तिमान बनाएकी छिन् । 

कार्कीको राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ ग्रहणसँगै कार्कीले मन्त्रिमण्डल पनि विस्तार गर्दैछिन् । 

नेपालको संविधान अनुसार रहेर राष्ट्राध्यक्षका नाताले राष्ट्रपति पौडेलले विषम परिस्थितिको गाँठो फुकाउन राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री बनाएका हुन् । 

मन्त्रिपरिषदको सिफारिसपछि मात्रै संसद विघटन गरिने भएको छ । मन्त्रिपरिषदको बैठक शीतल निवासमै बस्ने बताइएको छ । 

शीतल निवासको सानो कोठामा गरिएको शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधाीश प्रकाशमान राउत र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई रहेका छन् । 

विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारीका सँगसँगै जेन-जी समूहका नेताहरूसमेत सहभागी भएका छन् । मुख्यसचिवसँगै विभिन्न मन्त्रालयका सचिवहरूसमेत सहभागी रहेका छन् । 

उनलाई छ महिनाभित्र निर्वाचन गर्नेगरी प्रधानमन्त्री बनाइएको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ