arrow

चुनाव सफल बनाउन राष्ट्रपति पौडेलको अपील, भन्छन् - कठिन प्रयत्नबाट शान्तिपूर्ण निकास निस्कियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २८ शनिबार
ramchandra-31.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् । 

राष्ट्रपति पौडेलले शनिबार वक्तव्य जारी गरी वडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई अपील गरेका हुन् । 

राष्ट्रपति पौडेलले वक्तव्यमा भनेका छन्, ‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्न पश्चात् एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ