arrow

एसिया कपमा भारतको पाकिस्तानमाथि शानदार जित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
india-cricket-2022-10-11.jpg

काठमाडौँ। एसिया कपअन्तर्गत आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई सात विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो। पाकिस्तानका लागि शाहिबजादा हारिसले सर्वाधिक ४० रन र शहीन शाह अफ्रिदीले अविजित ३३ रन बनाए। भारतका बलर कुलदीप यादवले ३ विकेट लिए, जबकि जसप्रीत बुमराह र अक्षर पटेलले २/२ विकेट हात पारे।

१२८ रनको लक्ष्य पछ्याएको भारतले मात्र १५.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। भारतका कप्तान सूर्यकुमार यादवले अविजित ४७ रन बनाए भने तिलक वर्मा र अभिषेक शर्माले ३१/३१ रन जोडे। पाकिस्तानका बलर शहीब अयुबले ३ विकेट लिए।

प्रतियोगितामा भारतको यो लगातार दोस्रो जित हो। पाकिस्तानले भने दुई खेलमा एक जित र एक हार बेहोरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ