arrow

वर्षाले कालीगण्डकी करिडोर अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
kaligan.jpg

गलकोट (बागलुङ)। अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ। बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले पहिरोका कारण सडक खुलाउन समस्या भइरहेको जानकारी दिएका छन्। यसअघि पनि कालाखोला क्षेत्रमा पहिरो खसेको थियो।

वर्षा रोकिएपछि कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिकाले सडक खुलाउने प्रयास गर्ने प्रहरीले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ