arrow

अख्तियारको आग्रह - लुटिएका सामान फिर्ता गर्नुस्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेन-जी आन्दोलनका क्रममा आफ्ना कार्यालयबाट लुटिएका सामान फिर्ता गर्न आग्रह गरेको छ।

आयोगले एक सूचना जारी गर्दै इटहरी, हेटौंडा, पोखरा, र बुटवल लगायतका कार्यालयमा तोडफोड र आगजनी गरी चोरी भएका उपकरणहरू फिर्ता गर्न अनुरोध गरेको हो।

कसैले त्यस्ता सामान फेला पारेमा काठमाडौंको हकमा प्रहरी वृत्त मालिगाउँ र अन्य ठाउँको हकमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा बुझाउन भनिएको छ। चोरी र लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान सीसीटीभी फुटेजमार्फत भइरहेको पनि आयोगले जनाएको छ।

आयोगका अनुसार, आन्दोलनकारीले चारपाङ्ग्रे र दुईपाङ्ग्रे गाडी, टीभी, कम्प्युटर, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पङ्खालगायतका उपकरणहरू चोरी गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ