arrow

जेन-जी आन्दोलनपछि उपत्यकाका विद्यालय थाले खुल्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३० सोमबार
school-student-ktm.jpg

काठमाडौं। ‘जेन-जी’ आन्दोलनका कारण बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालयहरू सोमबारदेखि पुनः सञ्चालनमा आएका छन्। आन्दोलनले सिंहदरबार, सर्वोच्च अदालत, र संसद भवनलगायतका सरकारी निकायमा क्षति पुगेपछि केही दिनका लागि पठनपाठन बन्द गरिएको थियो। अहिले अवस्था सामान्य बनेपछि विद्यालयहरूले पुनः पठनपाठन सुरु गरेका छन्।

यद्यपि, अवस्था सामान्य हुँदै गर्दा आन्दोलन पुनः जटिल बन्नेतर्फ अग्रसर भएको कतिपयले अनुमान गरेका छन्। आइतबार साँझ जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङको समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै नाराबाजी गरेको थियो।

गुरुङ समूहले प्रधानमन्त्री कार्कीले जेन-जीसँग छलफल नै नगरी मन्त्रिपरिषद् विस्तार गरेको भन्दै विरोध जनाएका हुन्। उनीहरूले आफूहरूको माग पूरा नभए आन्दोलन नरोकिने र पुनः सडकमा आउने चेतावनी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ