arrow

तुलसीपुरका सरकारी कार्यालयद्वारा लुटिएका सामान फिर्ता गर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
tulsipur-upamahanagar-82-5-.jpg

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीपछि चोरी भएका सरकारी सामान फिर्ता गरिदिन दाङको तुलसीपुरमा रहेका विभिन्न सरकारी कार्यालयहरूले सार्वजनिक रूपमा अनुरोध गरेका छन्।

उच्च सरकारी वकिल कार्यालय तुलसीपुरका निमित्त प्रमुख उपन्यायाधिवक्ता नगेन्द्र लम्सालद्वारा जारी सूचनामा कम्प्युटर, ल्यापटप, प्रिन्टर, हार्डडिस्क, कुर्सी, टेबल, फ्रिजलगायतका सामग्री चोरी भएको उल्लेख छ।

कार्यालयले सामाजिक सञ्जालमा उपलब्ध भिडियो, सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीको भनाइका आधारमा चोरीमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको जनाएको छ। चोरी भएका सामान तुरुन्त फिर्ता गर्न वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन अनुरोध गरिएको छ। अटेर गर्नेलाई कारबाही गरिने चेतावनी पनि दिइएको छ।

उच्च अदालत तुलसीपुर: सूचना अधिकारी कृष्णप्रसाद शर्माका अनुसार, कम्प्युटर, फ्रिज र सोफालगायतका सामग्री चोरी भएका छन्।

इलाका प्रशासन कार्यालय तुलसीपुर: कार्यालय प्रमुख महेश गुरुङका अनुसार, सोफा र कुर्सीलगायतका सामान चोरी भएका छन्।

नगरविकास समिति: कार्यालय प्रमुख लीलाधर शिवाकोटीका अनुसार, कार्यालय पूर्ण रूपमा जलाएर नष्ट गरिनुका साथै निवासबाट ६ थान सुनका गरगहना, एक थान ल्यापटप र केही नगद चोरी भएको छ।

यसैगरी, भू तथा जलाधार व्यवस्थापन कार्यालय लगायत अन्य क्षतिग्रस्त कार्यालयहरूले पनि लुटिएका सामान फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ