arrow

नख्खु कारागारबाट भागेका कैदी सर्लाहीमा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
nakkhu-karagar.jpg

सर्लाही। काठमाडौँको नख्खु कारागारबाट भागेका एक कैदीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका फिरोज मन्सुर (करिब ३० वर्ष) लाई प्रहरीले पक्राउ गरेको हो।

मन्सुर गत भदौ २५ गते जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए। गोप्य सूचनाको आधारमा सोमबार साँझ प्रहरी सहायक निरीक्षक शनिदेवल साहको नेतृत्वमा खटिएको टोलीले उनलाई मलंगवा नगरपालिका–७ स्थित आफ्नै घरमा लुकिरहेको अवस्थामा फेला पारेको हो।

अहिले मन्सुरलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको छ र कारागार कार्यालय सर्लाही पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ