यातायात व्यवसायी भन्छन् - स्थिति असहज छ, सहज बनाउनुपर्छ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
719
Shares
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वको समयमा सार्वजनिक यातायात सञ्चालन गर्न सहज वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
यातायात विभागमा मंगलबार आयोजित कार्यक्रममा उनले सबैले जलेको ठाउँबाटै सेवा दिनुपर्ने भन्दै सार्वजानिक यातायात क्षेत्रमा ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘हामी सेवा दिन तयार छौँ, सुरक्षाको कुरा क्लीयर हुनुपर्छ । सरकारलाई अनुरोध गर्दछु जलेकै ठाउँबाट सेवा दिनुपर्छ । चाडपर्वको समयमा जनताको ध्यान सार्वजनिक यातायात क्षेत्रमा नै हुन्छ । त्यसकारण गाडी आवतजावत गर्ने सहज वातावरण बनाउनुपर्छ ।’
उनले सडक विभागले मुग्लिङका खाल्डाखुल्डी पुर्न जानुपर्ने भन्दै दाउन्नेमा केही हेभी इक्युमेन्ट राख्नुपर्ने सुझाव दिए ।
उनले चाडपर्वको समयमा सार्वजनिक यातायातका टिकट काट्न गाह्रो हुने भन्दै अहिले घर जान मिल्नेहरु गइहाल्न अनुरोध गरे ।
‘हामी संयमित र जिम्मेवार छौँ । हामीले विषम परिस्थितिमा पार लगाएका छौँ । यस पटक पनि पार लगाउँछौ । यतिबेला गाडीहरु खाली छन् । काम नभएका आन्दोलनबाट प्रभावित भएका जान मिल्नेहरु अहिले गइदिनुहोस् भन्न चाहन्छु,’ उनले भने ।