arrow

माओवादी केन्द्रको पार्टी कार्यालय भव्य बनाइनेछ: प्रचण्ड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
prachandass.jpg

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पार्टीको केन्द्रीय कार्यालय भवनलाई अझै भव्य बनाइने बताएका छन्। मंगलबार पेरिसडाँडास्थित पार्टी कार्यालयको अनुगमन गर्दै उनले यस्तो घोषणा गरेका हुन्।

अध्यक्ष दाहालले पार्टी कार्यालयमा ठूलो क्षति पुगेको भए पनि सम्पूर्ण पार्टी पंक्ति, देशभित्र र बाहिर रहेका सबै पार्टी सदस्यहरूको सहयोगमा भव्य भवन बनाइने बताए। उनले पार्टीका माइन्युट र पुस्तकालय जोगिएकोमा सन्तोष व्यक्त गर्दै त्यसलाई बचाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिए।

उनले भने, "पार्टी कार्यालयका सबै कोठाहरूको अवलोकन गर्‍यौँ। निकै ठूलो क्षति भएको देख्यौँ। पार्टीका माइन्युटहरू जोगिएको सुनेँ, त्यसको लागि यहाँ काम गर्ने साथीहरूलाई धन्यवाद छ। केही कम्प्युटर, लाइबेरी र केही रेकर्डहरू बचेको रहेछ, त्यो बचाउन भूमिका खेल्नेहरूलाई पनि धन्यवाद।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ