arrow

आर्यघाटमा जेन-जी शहीदका शव जलिरहँदा...

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
gen-z-aryaghar.jpg

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको मंगलबार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

टिचिङ अस्पतालबाट शवयात्रा गरी पशुपति आर्यघाटमा उनीहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

ज्यान गुमाएका शहीदमध्ये चार जनाको पशुपतिमा अन्त्येष्टि गरिएको हो । सो क्रममा पशुपति आर्यघाटमा मृतकका परिवारहरुको रुवाबासी चलेको थियो । 

आफन्त गुमाएकाहरु ठूलो संख्यामा आर्यघाटमा भेला भएका थिए । शव जलिरहँदा रुवाबासी चल्दा सन्नाटा छाएको हो । शवयात्रामा सरिक भएर आर्यघाट पुगेकाहरु भावविह्वल बनेका थिए । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेन-जी प्रदर्शनमा मारिएकाहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र मृतक परिवारलाई खर्चसमेत गरी १५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

यस्तै सरकारले असोज १ गते राष्ट्रिय शोक दिवसको घोषणा गर्दै सार्वजनिक बिदा दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ