काठमाडौँ । नेकपा माओवादी केन्द्रले संविधान दिवस मनाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पदाधिकारीहरुले संविधान दिववस मनाएका हुन् ।
मुलुकमा भएको दोस्रो संविधान सभाको निर्वाचनपछि गठित संविधान सभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।
विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए ।
माओवादीले पनि यो संविधानको मुख्य जश लिन्छ । तर पार्टी कार्यालयमा भने यसरी सीमित भएर संविधान दिवस मनाउनु परेको छ ।
विश्वकै सबैभन्दा उत्कृष्ट भनिएको संविधान यतिबेला भने अन्योलमा छ ।