arrow

दशैँ मनाउन राजधानीबाट गाउँघर फर्कनेको बढ्यो चहलपहल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ४ शनिबार
counter-dasai.jpg

काठमाडौं। दशैँ नजिकिँदै गर्दा काम र पढाइका लागि राजधानीमा बसोबास गर्ने मानिसहरू आफ्नो घर फर्कन थालेका छन्। काठमाडौंको नयाँ बसपार्क लगायतका बस छुट्ने स्थानहरूमा घर जाने यात्रुहरूको चहलपहल बढेको छ।

सामान्यतया यातायात व्यवसायीहरूले दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने गर्छन्, तर यस वर्ष बुकिङ खुला नभएका कारण मानिसहरू घटस्थापनाअगाडिदेखि नै घर फर्कन थालेका छन्। हालैको जेन-जी आन्दोलनका कारण अधिकांश विद्यालय र क्याम्पसहरूमा छुट्टी भएकाले पनि बसपार्कमा यात्रुको चाप बढेको हो।

ट्राफिक प्रहरीका अनुसार, हरेक वर्ष फूलपातीसम्म यात्रुहरूको बाक्लो चाप हुने गर्छ। यस वर्ष दशैँको टीका असोज १६ गते परेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ