-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । एसिया कपको सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै छ ।
यो खेल आइतबार राति ८ः१५ बजे यूएईमा शुरू हुँदैछ ।
समूह चरणको भेटमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो । भारत अपराजित टिम हो ।
समूह चरणका तीन खेलमा तीन जितसहित ६ अंक जोडेको भारत समूह विजेता हो ।
समूह चरणको भेटमा भारतसँग पराजित पाकिस्तानले चार अंकका साथ समूहमा दोस्रो बन्दै सुपर फोरमा पुगेको हो ।
समूह ‘ए’ बाट भारत र पाकिस्तानले सुपर फोरमा स्थान बनाउँदा समूह ‘बी’ बाट श्रीलंका र बंगलादेश सुपर फोर प्रवेश गरेका छन् ।
आठ टिम सहभागी एसिया कपबाट अफगानिस्तान, ओमान, यूएई र हङकङ भने समूह चरणबाटै बाहिरिएका छन् ।