arrow

एसिया कपको सुपर फोरमा भारतसँग पाकिस्तान पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
asia-cup-india-pakistan-2023-09-10d.jpg

काठमाडाैँ । एसीसी एसिया कप क्रिकेटमा पाकिस्तानले भारतसँग दोस्रो हार व्यहोरेको छ । आइतबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा पाकिस्तान भारतसँग छ विकेटले पराजित भएको हो ।

समूह चरणमा पराजित पाकिस्तान सुपर फोरमा पनि हार बेहोर्न बाध्य भएको हो । पाकिस्तानले जितका लागि दिएको एक सय ७२ रनको लक्ष्य भारतले १८दशमलव ५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा अभिषेक शर्माले ३९ बल खेलेर ६ चौका र पाँच छक्काका साथ ७४ रनको योगदान दिए । यस्तै शुभमन गिलले ४७, तिलक बर्माले ३० र सञ्जु श्यामसनले १३ र बनाउन सफल भए । पाकिस्तानका हरिस राउफले दुई, अब्रार र फहम अस्रापले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला व्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७१ रन बनाएको थियो ।

पाकिस्तानका साबिहजादा फरहानले ५८ रनको अर्धशतकीय पारी खेले भने सायम अ‍ैउव र मोहमद नवाजले २१/२१ रनको योगदान दिए ।

भारतका लागि शिभम् दुवेले दुई, कुलदीप यादव र हार्दिक पाण्डेयले एक/एक विकेट लिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ