arrow

डेङ्गीका कारण एकै दिन १२ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
dengue--ji-ha.jpeg

ढाका । बङ्गलादेश स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार सार्वजनिक गरेको रिपोर्टअनुसार देशमा डेङ्गी सङ्क्रमणका कारण एकै दिनमा १२ जनाको मृत्यु भएको छ । जुन यस वर्षका लागि सबैभन्दा उच्च मृत्यु सङ्ख्या हो ।

हालसम्म डेङ्गीबाट मृत्यु हुनेहरूको कूल सङ्ख्या १७९ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७४० नयाँ सङ्क्रमित फेला परेपछि यस वर्ष डेङ्गीका कुल सङ्क्रमितहरूको सङ्ख्या ४१ हजार ८३१ पुगेको छ ।

डेङ्गी रोग मुख्यतः वर्षायाम अर्थात् जुनदेखि सेप्टेम्बरसम्म बंगलादेशमा व्यापक रूपमा फैलिने गर्दछ । मच्छरजन्य रोगहरूका लागि संवेदनशील मानिने यस देशमा यस रोगको नियन्त्रणका लागि सतर्कता र प्रभावकारी कदम चालिनु आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।

सरकारले डेङ्गी नियन्त्रण र रोकथाममा जनचेतना अभिवृद्धि गर्न विशेष पहल गर्ने जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ