-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मकवानपुर । विजयादशमीको अवसरमा मकवानपुर र बाराको सिमानामा अवस्थित चुरेमाई मन्दिरमा यस वर्ष भक्तजनको भीड कम देखिएको छ ।
प्रत्येक वर्ष विजयादशमीका दिन विशेष पूजा तथा बलि चढाउने परम्परा हुने मन्दिरमा यसपटक भक्तजनको उपस्थितिमा कमी आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
समितिका अनुसार विगतका वर्षमा हजारौँ भक्तजनको उपस्थितिमा पूजाआजाका कार्यक्रम हुने चुरेमाई मन्दिरमा यस वर्ष अपेक्षाकृत कम मात्र श्रद्धालु पुगेका छन् ।
समितिले यसपटकको कम उपस्थिति विभिन्न कारणले प्रभावित भएको हुनसक्ने जनाएको छ ।