arrow

रास्वपाले जेन-जी आन्दोलनमा सहभागिता स्वीकार्‍यो, भएको हिंसा स्वीकारेन 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
manish-jha-82-6-7.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जेन-जी आन्दोलनमा पार्टीको सहभागीता रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी सदस्यहरु आन्दोलनमा सहभागी भएको बताएका हुन् । 

पार्टीको झण्डा नबोकी सदस्यहरुलाई आन्दोलनमा सहभागी हुन आह्वान गरिएको उनको भनाइ छ । उनले पूर्वकेन्द्रीय सदस्य सुमना श्रेष्ठ, पार्टी केन्द्रीय सदस्यहरु गणेश कार्की, कान्तिशिखा लगायतका केन्द्रिय सदस्यहरुको आन्दोलनमा सक्रिय भूमिका रहेको बताए । तुलनात्मक रुपमा जेन-जी आन्दोलनमा सबैभन्दी बढी रास्वपाका कार्यकर्ताहरु सहभागी भएको उनको दाबी छ । 

उनले भने, ‘हाम्रो पार्टीमा जेन–जी अहिले पनि हुनुहुन्छ । हाम्रो प्रतिनिधि सभाको सचेतक नै जेन–जी पुस्ताबाट हुनुहुन्छ । उहाँहरु पनि जानुभएको थियो । केन्द्रीय सदस्य त्यो बेलामा हुनुहुन्थ्यो सुमनाजी पनि जानुभएको थियो । गणेश कार्की, कान्तिशिखा लगायतका केन्द्रिय सदस्यहरु, सम्भवतः अरु पार्टीको तुलनामा संख्यागत र प्रतिशतगत रुपमा हामी सबैभन्दा बढी उपस्थित थियौँ, त्यहाँ । तर हामीले कुनै पनि ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन हो, अगुवाई हो भनेर दाबी गरेका थिएनौँ ।’

उनले भदौ २३ गतेको आन्दोलनमा पार्टीको सहभागीता रहे पनि २४ गतेको घटनामा भने सहभागिता नरहेको दाबी गरे । २४ गतेको घटनामा सहभागिताका लागि पार्टीले कुनै आह्वान नगरेको उनको भनाइ छ । आगजानी, लुटपाट पार्टीको सिद्धान्त नभएको उनले बताए । उनले उक्त घटनाको छानबिन गर्नुपर्नेमा जोड दिए । 

२४ गतेको आगजनी र तोडफोडमा रास्वपाका कसैको पनि कुनै क्षति नहुनु तर ठूला पार्टीका भेटेजतिका नेताका घर जलाइलिनुका पछाडि रास्वपाको पनि हात रहेको आरोप छ । 

२४ गते नै सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछाने बाहिरिएका थिए । उनी बाहिरिएसँगै देशभरका १४ हजार ५५५ जना कैंदीबन्दी कारागार र सुधार गृह तोडेर भागेका थिए । 

भाग्नेमा हत्यारादेखि बलात्कारीसम्म पनि थिए । देशीदेखि विदेशी थिए । भारतीय खुंखार अपराधीहरु भारतमै भागेका थिए । जेल बाहिर आएका अपराधीले गरेको बलात्कार र हत्या हिंसा नै थियो । अपराधीहरु भारतमै पुगिसके । त्यो हिंसा थियो कि थिएन ?

पानीमाथि ओभानो बन्न खोजेर हुन्छ र ? रवि लामिछानेलाई कारागारबाट निकालेपछि उनीपछि निरन्तर जेलबाट कैदीबन्दी निस्किए भने त्यो हिंसा हैन र ? 

यद्यपि झाले २३ गते भेला भए पनि २४ गते सहभागी नभएको बताएर पन्छिने अवस्था देखिँदैन । किनकि जेलबाट बाहिर आएका नेपालीलाई रास्वपाका नेता कार्यकर्ताले रास्वपाले नै छुटाएको भन्दै चुनावमा रास्वपालाई भोट हाल्न भनेका भिडियोहरु भाइरल भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ