arrow

अर्थमन्त्री खनाल विराटनगरमा, आन्तरिक राजस्व कार्यालय निरीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
rameshwor-khanal-06-07.jpg

विराटनगर। अर्थमन्त्री रामेश्वर खनालले आर्थिक मितव्ययिता सम्बन्धित मन्त्रिपरिषद् बैठकद्वारा गरिएका निर्णय सबै क्षेत्रमा लागू हुने जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्ले यही असोज ५ गते आर्थिक मितव्ययितासम्बन्धी विभिन्न निर्णय गरेको थियो ।

‘जेन-जी’ प्रदर्शनका क्रममा तोडफोड एवं आगजनी भएको आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्दै उनले सो जानकारी दिएका हुन् ।

सो अवसरमा मन्त्री खनाललाई सो कार्यालयका प्रमुख केशव उप्रेतीले क्षतिको विवरण हस्तान्तरण गरेका थिए ।

मन्त्री खनालले निरीक्षण गरिरहेका समयमा कर्मचारीहरुले सवारीसाधन राख्न बनाइएको टहराबाट सेवाग्राहीलाई सेवा प्रदान गरिरहेका थिए ।

अर्थमन्त्री खनाल एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरमा हुने राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा सहभागी हुने मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उनका अनुसार मन्त्री खनाल बुधबार अपराह्न उद्योगी एवं व्यापारीसँग मोरङ व्यापार सङ्घ विराटनगर हुने छलफलमा पनि सहभागी हुने कार्यक्रम छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ