काठमाडौँ । विश्व पारा एथलेटिक्स च्याम्पियनशिपमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । आजदेखि अक्टोबर ५ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रतियोगितामा समान १–१ पुरुष्–÷महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् ।
दुवै खेलाडी विपरटाइटबाट सोझै विश्व च्याम्पियनसिपका लागि छनोट भएका हुन् । प्रभाले सन् २०२५ मै नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा एतिहासिक रजत पदक जितेकी थिइन् ।
अफिसियलमा पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ सिवोकाटी तथा व्यवस्थापकमा सचिव साङबु भोटे रहेका छन् ।
अध्यक्ष सिवाकोटी बाहेक टोली बिहीबार भारत प्रस्थान गर्ने छ । अध्यक्ष शिवाकोटी केही दिनपछि जाने कार्यक्रम रहेको बताइएको छ ।