arrow

अध्यागमन विभागको पर्यटक भिसा शाखा दशैँमा पनि खुल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
adhyagaman-bibhag-immigration.jpg

काठमाडौँ । अध्यागमन विभागले बडादशैँको बिदामा पनि पर्यटक भिसा शाखा खुला रहने जनाएको छ ।

विभागले विज्ञप्ति जारी गर्दै विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा खुला रहने जानकारी गराएको हो ।

असोज १६ गते विजयदशमीको दिन बाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पर्यटक भिसा सेवा उपलब्ध गराइने विभागले उल्लेख गरेको छ ।

नेपाल पर्यटन बोर्डले पनि पर्यटक आवागमनलाई सहज तुल्याउन आफ्नो सेवालाई निरन्तरता दिने भएको छ ।

बोर्डले विदेशी पर्यटकलाई सेवा उपलब्ध गराउन दशैँअवधिभर छुट्टै सेल गठन गरी निश्चित कर्मचारी खटाएर सेवा दिने जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ