महँगो भयो मोफसलको दशैँ, सडक समस्याले हवाई चाप बढ्यो [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
882
Shares
तस्बिर–सफलप्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । मुग्लिन–नारायणघाट सडक अवरुद्ध भएपछि दशैंका लागि उपत्यका बाहिर जाने यात्रुहरूको चाप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा बढ्दै गएको छ। सडक असुरक्षित भएपछि मानिसहरु हवाई यात्रातिर मोडिएका हुन् ।
यात्रुको चाप बढेसँगै विमान कम्पनीहरुले भाडा पनि बढाएका छन् । मुग्लिन–नारायणगढसँगै अन्य मुख्य राजमार्गहरुमा पनि समस्या छ । दशैँको मुखमा सडक सहज नहुँदा सबैलाई समस्या परेको छ ।