arrow

'भ्रष्ट' राजनीतिक दललाई फेरि टाउको उठाउन दिनुहुन्न': बाबुराम [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
buburam-bhattraisss.jpg

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अब भ्रष्ट भइसकेका पुराना राजनीतिक दलहरूलाई कुनै पनि हालतमा फेरि टाउको उठाउन दिन नहुने टिप्पणी गरेका छन्। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले अब देशको नेतृत्व नयाँ र वैकल्पिक शक्तिहरूले लिनुपर्ने धारणा व्यक्त गरे।

डा. भट्टराईले जेन–जी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारलाई युवापुस्ताप्रति प्रतिबद्ध हुनुपर्ने बताएका छन्। उनले सरकारलाई चेतावनी दिँदै भने, "कुनै पनि बहानामा पुराना शक्तिहरूसँग ढल्कने काम गर्नुभयो भने तपाईहरूको पनि इतिहासले हिसाब गर्नेछ।" उनले सरकारको प्रतिवद्धता विद्रोही शक्तिसँग हुनुपर्ने र उनीहरूकै सल्लाहमा काम गर्नुपर्नेमा जोड दिए।

भट्टराईले जेन–जी आन्दोलनको क्रममा सुरक्षा संयन्त्रबाट गम्भीर त्रुटि भएको आरोप लगाएका छन्। उनले सुरक्षा निकायले युवाहरूमाथि बल प्रयोग गरी हत्या गरेको आरोप लगाउँदै, सिंहदरबारसहित मुलुकको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा आगजनी भइरहँदा समेत सुरक्षाकर्मी तमासे भएर बसेकोमा आक्रोश व्यक्त गरे।

उनले मुलुकको शासकीय सुधार गर्दै दिगो विकासको बाटोमा लैजानका लागि युवाहरू संस्थागत भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ