arrow

राजनीतिक पहुँचले रोकिएका सबै अनुसन्धान तत्काल अघि बढ्छन्: गृहमन्त्री अर्याल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १० शुक्रबार
om-aryal-06-10.jpg

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले विगतमा राजनीतिक पहुँचका आधारमा रोकिएका सबै अनुसन्धानका कामहरू अब तत्काल अघि बढ्ने बताएका छन्। उनले सरकारले सुशासन प्रवर्द्धनलाई पहिलो शर्तको रूपमा लिएको जानकारी दिए।

शुक्रबार दिउँसो नक्सालस्थित नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको अनुगमनपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री अर्यालले भने, “विगतमा राजनीतिक कनेक्शनको आधारमा जसरी सुशासनमा अवरोध आयो, कतिपय अपराध अनुसन्धानमा, आर्थिक अपराध अनुसन्धानमा, भ्रष्टाचारको विषयहरूमा जुन खालको अवरोध आइराखेको थियो, त्यो अवरोध अब हामीले फुकाउनु पर्छ।”

गृहमन्त्री अर्यालले सुशासन कायम गर्न नसक्दा नै अघिल्लो सरकारको म्यान्डेट बीचमै भङ्ग भएको उल्लेख गर्दै सुशासनलाई पहिलो शर्त बनाएर सरकार अघि बढ्ने दोहोऱ्याएका छन्।

उनले प्रचलित कानूनबमोजिम कुनै पनि अनुसन्धानको कामलाई अघि बढाउन मातहतका सबै निकायलाई निर्देशन दिएको बताए।

गृहमन्त्री अर्यालले थप स्पष्ट पार्दै भने, “पोलिटिकल कनेक्शनको आधारमा जे कुराहरू रोकिएको थियो, जे कुराहरू बिथोलिएको थियो, अब त्यस्तो हुँदैन। किनभने हाम्रो म्यान्डेट नै, यो सरकारको म्यान्डेट नै सुशासन हो। सुशासन नभएसम्म शान्ति सुरक्षा हुँदैन। शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र निर्वाचन गर्न पनि सकिँदैन नि।”

उनले सरकारले मुलुकमा सुशासन कायम गर्न सबै निकाय र पक्षसँग सहकार्य गरेर अघि बढ्ने पनि बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ