arrow

खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ११ शनिबार
dubera-khola-death.jpg

सुर्खेत । पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ ।

स्थानीय समाकोट खोलामा शुक्रबार दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका-७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी र १५ वर्षीया गीताकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा बगेका दुवै दिदीबहिनी सोही खोलाको करिब दुई सय मिटर तल मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

दुवै दिदीबहिनीको शव घरमा ल्याएर राखिएको छ । शनिबार शव परीक्षण गरिने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ