arrow

जेन-जी आन्दोलनले क्षतिग्रस्त संरचनाको बीमा दाबी नाघ्यो २३ अर्ब ३९ करोड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
genz-82-5-23vbvvfv.jpg

काठमाडौँ। गत भदौ २३ र २४ गते को जेन–जी पुस्ताको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचना तथा सवारी साधनहरूको बीमा दाबी रकम २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँभन्दा बढी पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार, हालसम्म २ हजार ९ सय ८८ वटा बीमा दाबीको आवेदन परेका छन् र भौतिक क्षति धेरै भएकाले यो सङ्ख्या अझै बढ्ने क्रममा छ।

प्राधिकरणका अनुसार, हालसम्म परेका कुल आवेदनमध्ये मोटर बीमा को सङ्ख्या सबैभन्दा बढी २ हजार २ सय ९ वटा छ भने सम्पत्ति बीमा ५ सय ९४ वटा रहेको छ। इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा १ सय ४४, अन्य बीमामा ३० र परिवहन बीमामा ११ वटा दाबी परेका छन्।

प्रदेशगत रूपमा हेर्दा, बागमती प्रदेश बाट सबैभन्दा धेरै १ हजार ६ सय ८ वटा दाबी आवेदन परेका छन्। त्यसपछि कोशी प्रदेशमा ३ सय ७७, मधेश प्रदेशमा ३ सय २३, लुम्बिनी प्रदेशमा २ सय ५४, गण्डकी प्रदेशमा २ सय १९, सुदूरपश्चिम प्रदेशमा १ सय ८२ र कर्णाली प्रदेशमा २५ वटा दाबी परेका छन्।

दाबी रकमका आधारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स मा सबैभन्दा बढी रु ५ अर्ब ४५ करोड ९३ लाख बराबरको आवेदन परेको छ। यस्तै, दि ओरियन्टल इन्स्योरेन्स मा रु ५ अर्ब २३ करोड २४ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मा रु २ अर्ब ७९ करोड ६६ लाख, शिखर इन्स्योरेन्स मा रु २ अर्ब ३९ करोड १३ लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्स मा रु १ अर्ब ५७ करोड ५९ लाख बराबरको दाबी आवेदन परेका छन्। यी सबै दाबीहरू मुलुकभरका १४ वटा निर्जीवन बीमा कम्पनी सहित चार माइक्रो इन्स्योरेन्स कम्पनीमा परेको प्राधिकरणले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ