arrow

दशैँ निम्त्याउने चंगा र बालापन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
changa-child-82-6-12.jpg
तस्बिर–सफलप्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी । 

काठमडौा । जब आकाशमा चंगाहरू देखिन थाल्छन् तब दशैँ आएको आभास हुन्छ । अझ चेट भनेर चिच्याउने त्यो खुशीले उन्माद दिने बालापनको कुरै बेग्लै । घरका छतछतमा चंगा उडाउनेको लस्करै देख्न सकिन्छ । 

चंगा उडाउँदा एकले अर्काको चंगा काट्ने र उक्त चंगासँगै लट्टाइको धागो बटुल्न बालबालिकाबीच तँछाड र मछाड नै हुन्छ । अझ कुनै कुनै ठाउँमा प्रतिस्पर्धाको लडाइँ नै हुन्छ । 

युवालेसमेत बालबालिकालाई साथ दिन्छन् । दशैँमा चंगा उडाउनुको विशेष महत्व छ । मानिसहरू आकाशमा रंगीन चंगा उडाएर रमाइलो गर्छन् ।

विशेषगरी बालबालिका र युवा उत्साहका साथ चंगा उडाउँछन् । जसले चाडको माहोल अझ रमाइलो बनाउँछ। चंगा उडाउने परम्परा विशेषगरी स्वतन्त्रता र खुशीको प्रतीक मानिन्छ ।

तनावबाट मुक्त भएका बेलामै उडाइने चंगाले शान्ति प्रदान गर्छ । हावाको बेगअनुसार आफ्नो चंगाको व्यवस्थापन गर्नुपर्ने भएकाले यसले विज्ञानकाको अध्ययन पनि भइरहेको हुन्छ । 

बालापनले साँच्चै त्यो आजादी सँगसँगै जीवन र जगत पनि बुझेको हुन्छ । 

 

changa-child-82-6-12 (12).jpeg
changa-child-82-6-12 (11).jpeg
changa-child-82-6-12 (10).jpeg
changa-child-82-6-12 (9).jpeg
changa-child-82-6-12 (8).jpeg
changa-child-82-6-12 (7).jpeg
changa-child-82-6-12 (6).jpeg
changa-child-82-6-12 (5).jpeg
changa-child-82-6-12 (4).jpeg
changa-child-82-6-12 (3).jpeg
changa-child-82-6-12 (2).jpeg
changa-child-82-6-12 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ