इतिहास रचेको नेपाली क्रिकेट टिमलाई डा सुनील शर्माले २० लाख दिने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १४ मंगलबार
1.6k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद डा. सुलीलकुमार शर्माले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई २० लाख रुपैयाँ दिने भएका छन् । आज राति यूएईमा हुने श्रृंखलाको तेस्रो तथा अन्तिम खेलको अन्त्यमा फ्लेक्स चेक २० लाख रुपैयाँ मैदानमै हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।
दुई पटकको विश्व विजेता तथा टेस्ट मान्यता प्राप्त राष्ट्र वेस्ट इन्डिजलाई नेपालले हराएको अवसरमा डा शर्माले नेपाली क्रिकेट टिमको सम्मानमा उक्त रकम दिने भएका हुन् ।
यस अवसरमा डा शर्माले नेपालको नाम उच्च बनाइरहेका खेलाडीहरूलाई सम्मान गर्दै उनीहरूको उत्साह र हौसला अझ बलियो बनाउन योगदान दिने घोषणा गरेका छन् ।
सोमबार भएको नेपाल–वेस्ट इन्डिजबीचको खेल हेर्न डा शर्मा मैदानमै पुगेका थिए ।
नेपालले यूएईमा जारी नेपाल–वेस्ट इन्डिज टी–२० सिरिजमा शानदार प्रदर्शन गर्दै एक खेल अगावै युनिटी कपको श्रृंखला जितिसकेको छ । आजको अन्तिम खेल पनि नेपालले जितेमा श्रृंखला क्लिन स्वीप गर्दै अर्को इतिहास रच्नेछ ।
डा. शर्मा प्रतिनिधि सभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति हुन्। उनी सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय छन्—गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर स्वास्थ्य शिविर, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरण लगायतका कार्य उनका पहिचान बनेका छन्।
उनका यी मानवीय योगदानहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई अझ सशक्त बनाएको छ।
उनले भदौ २३–२४ गतेको जेन्जी आन्दोलनमा घाइतेहरूलाई नोबेल र काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गरेका छन्। सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म स्वास्थ्य शिविर सञ्चालन गर्दै, जटिल बिरामीलाई काठमाडौं र नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचार गराउने कार्य निरन्तर भइरहेको छ।