arrow

रामेछाप-लुक्ला हवाई उडान शुरू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १४ मंगलबार
lukla.jpg.jpeg

रामेछाप । रामेछाप-लुक्ला हवाई उडान शुरू भएको छ । शरद ऋतुमा समगरमाथा आरोहण र आधार शिविर जाने पर्यटकहरूका लागि लक्षित हवाई उडान सुरु गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विभिन्न कम्पनीहरुले काठमाडौँबाट सडकमार्ग हुँदै मन्थलीसम्म पर्यटक ल्याउने र यहाँबाट हवाई उडानमार्फत लुक्ला लैजाने गरेका छन् । विमानस्थलबाट सीता, तारा र समिटलगायतका कम्पनीले सेवा दिँदै आएका छन् ।

मौसम अनुकुल भएको समयमा दैनिक ५० देखि ६५ वटासम्म उडान भइरहेको नागरिक उडययन प्राधिकरण रामेछापका सूचना अधिकारी प्रज्वल गुँरागाईले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ