arrow

डब्लुकेएफ कराते वान सिरिज ‘ए’ का लागि दशैँमा पनि कराते प्रशिक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १४ मंगलबार
karate-erika-gurung-82-6-14.jpg

काठमाडौँ । मलेसियाको क्वालालम्पुरमा हुने डब्लुकेएफ कराते वान सिरिज ए मा सहभागी हुन नेपाली कराते टोलीले दसैंमा पनि तयारी प्रशिक्षणलाई निरन्तरता दिइरहेको छ । 

टोली बुधबार मलेसिया जाने कार्यक्रम छ । मलेसिया कराते महासंघको आयोजनामा अक्टोबर ३ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

एरिका गुरुङले ६८ केजीमाथि, वर्षा बूढा मगर ५० केजीमुनि, सविना श्रेष्ठले ५५ केजीमुनि र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा कुशल श्रेष्ठ तथा निर्णायकमा तारा गुरुङ छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ