arrow

जाजरकोटमा जिप दुर्घटना, एक जनाको मृत्यु; तीन घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १५ बुधबार
Accident-sign.jpg

काँक्रविहार (सुर्खेत)। जाजरकोटको नलगाड नगरपालिका–५ कालिमाटीबाट पोख्रातिर गइरहेको एउटा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

आज बिहान कर्णाली प्रदेश ०२००१च१२५५ नम्बरको जिप पोख्रामा दुर्घटना भएको थियो। दुर्घटनामा परेर नलगाड नगरपालिका–५, पोख्राका २२ वर्षीय निसान वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) वसन्त कुमार शर्माले जानकारी दिए। घाइते भएका वलीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो।

दुर्घटनामा सोही ठाउँका रविन्द्र वली, हिरालाल कुसारी र दिपेश वली घाइते भएका छन्। प्रहरीका अनुसार, घाइतेमध्ये दुई जनालाई नेपालगञ्ज र एक जनालाई रुकुमपश्चिमको आठबिसकोट नगर अस्पताल पठाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ