arrow

पौडीमा कल्किनको राष्ट्रिय कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १५ बुधबार
kalkin-coach.jpg

काठमाडौँ । नेपालका कल्किन श्रेष्ठले ११ औँ एसियाली एक्वेटिक्स च्याम्पियनसिपको पुरुष ८ सय मिटर फ्रि स्टायलमा बुधबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

भारतको अहमदाबादस्थित वीर सभरकर स्पोर्ट्स कम्प्लेक्समा कल्किनले निर्धारित दूरी ९ मिनेट १२।६२ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरे । 

कल्किनले सन् २०१३ मा शिरीष गुरुङले एनएसए कप पौडी प्रतियोगितामा बनाएको १० मिनेट ००।८५ सेकेन्डको कीर्तिमान ताडेका हुन् । यसै स्पर्धामा अथर्व सिंहले पनि ९ मिनेट १६।९१ सेकेन्डको प्रदर्शन गर्दै शिरीषको कीर्तिमानलाई उछिनेका थिए ।
बुधबारै नेपाली खेलाडीले ४ गुणा १ सय मिटर फ्रि स्टायलमा रिलेमा पनि राष्ट्रिय कीर्तिमान बनाए । अभिभ प्रधान, जाडेन श्रेष्ठ, रेवन्तबहादुर श्रेष्ठ र अल्भिन महर्जन सम्मिलित टोलीले ३ मिनेट ४७।७३ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाए । 

उनीहरुले सन् २०२४ मा भारतको नयाँ दिल्लीमा भएको विम्स्टेक एक्वेटिक्स च्याम्पियनसिमा बनेको ३ मिनेट ४८।५७ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् ।

नेपाली खेलाडीले प्रतियोगितामा योसहित जम्मा ४ राष्ट्रिय कीर्तिमान स्थापित गरे । यसअघि अथर्वले १ हजार ५ सय मिटर फ्रिस्टायल १७ मिनेट ४३.५७ सेकेन्ड तथा ४ सय मिटर व्यक्तिगत मिड्लेमा ४ मिनेट ५८.३४ सेकेन्डको कीर्तिमान बनाएका थिए । 

उनले पनि शिरीषकै नाममा रहेको दुवै कीर्तिमान भंग गरेका थिए । राष्ट्रिय खेलकुद परिषद्का पौडी मुख्य प्रशिक्षकसमेत रहेका टोलीका प्रशिक्षक शंकर कार्कीले एसियाली च्याम्पियनशिपमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताउँदै खेलाडीले हिट चरण पनि पार गर्न नसकेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ