arrow

नवदुर्गाको तान्त्रिक नृत्य शुरू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
durga-mata-silgudhi.jpg

भक्तपुर । तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य बिहीबारदेखि शुरू भएको छ । 

प्रत्येक वर्ष विजयदशमीको दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरू गरिने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समिति अध्यक्ष बालगोपाल बनमालाले जानकारी दिए ।

तौलाछें टोलको झट्टाप्वा नासद्यःमा नवदर्गाका मूल पुजारीले देवगण हुने सबै वनमालालाई तान्त्रिक विधिअनुरुप पूजा गरेपछि घंघला सिं ल ल्हायगु (घँघँरु हस्तान्तरण) गरेपछि नवदुर्गा नाचको प्रारम्भिक नृत्य शुरू भएको मानिन्छ । 

बनमालाहरुलाई सिद्धि थाप्ने विधानका क्रममा नवदुर्गा मन्दिरका पुजारी कर्माचार्यले तीन प्रमुख बाजा खिं बाजा, तःबाजा, र काय “बाजा तथा घ“घलाहरू नास द्यः(नृत्यनाथ) को अगाडि राखी तान्त्रिक विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको अध्यक्ष वनमालाले बताए ।

नास द्यःलाई भेडाको भोग बलि दिएपछि बाजा र घ“घला प्राप्ति गरेका वनमालाहरूले नास द्यःअघितिर बाजाबजाइ नवदुर्गा नृत्य पहिलो प्रस्तुत गर्नुपर्ने प्रचलन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ