arrow

विजयादशमीको तेस्रो दिनः टीका र जमरा लगाउने क्रम जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
dashain.jpg

काठमाडौँ । विजयादशमीअन्तर्गत टीकाको तेस्रो दिन शनिबार टीका र जमरा लगाउनेक्रम जारी छ ।

मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो वा सेतो टीका र जमरा लगाउने क्रम शनिबार पनि जारी छ । 

देशभर बर्षा भइरहे पनि नजिकका आफन्त वा मान्यजनकहाँ टीका लगाउनेहरुको आवतजावत जारी छ ।

आश्विनशुक्ल द्वादशीका दिन पनि मान्यजनका घरमा गएर नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको हो ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आश्विनशुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि शुरू भएको टीका र जमरा लगाउने क्रम पूर्णिमासम्म जारी रहने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ