arrow

कात्तिकेमा बोलेरो दुर्घटना, पाँच जनाको मृत्यु, छ घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
accident-final.jpg

फिदिम । पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडा नजिक शनिबार विहान गाडी दुर्घटना भएको छ ।

तमोर कोरिटोर अन्तर्गत पर्ने रानीगाउँको कात्तिकेमा बोलरो गाडी दुर्घटनामा परी पाँच जनाको ज्यान गएको र ६ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै पत्रकार भीम बाँस्कोटाले जानकारी दिए । 

घाइतेहरुको उपचारको लागि धरानतर्फ पठाइएको छ । यात्रुहरुको विवरण आइसकेको छैन । घटनास्थलमा प्रहरी पुग्न ढिला भए पनि स्थानीयले घाइतेहरुलाई उद्धार गरी धरानतर्फ पठाएको उनले जानकारी दिए । 

स्थानीयहरू र घटनास्थलमा उपस्थित व्यक्तिहरूले उद्धारका लागि छिटो हेलिकप्टर, एम्बुलेन्स वा अन्य सवारी साधन पठाउन आग्रह गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय पाँचथरले पनि दुर्घटना लगत्तै टोली परिचालन भएको जानकारी दिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ