arrow

आइतबार र सोमबार शेयर बजार बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १९ आइतबार
nepse-building-81.jpg

काठमाडौँ । शेयर बजार आइतबार र साेमबार दुई दिन बन्द हुने भएको छ । लगातारको भारी वर्षाका कारण सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेसँगै शेयर बजार पनि बन्द हुने भएको हो ।

दशैँको लामो बिदापछि आइतबारदेखि नियमित कारोबार शुरू हुने अपेक्षा गरिएको शेयरबजार मौसमजन्य विषम परिस्थितिका कारण पुनः बन्द भएको हो ।

सरकारले देशभर प्रभाव पारेको अविरल वर्षालाई ध्यानमा राख्दै वित्तीय संस्था, सरकारी कार्यालय र शैक्षिक संस्थासमेत दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

यसअघि लगानीकर्ताले दशैँपछिको कारोबारमा बजार सक्रिय हुने र कारोबारको मात्रा वृद्धि हुने अपेक्षा गरेका थिए । तर लगातारको अवरोधका कारण लगानीकर्तामा अनिश्चितता बढेको छ ।

यद्यपि, विज्ञहरूले भने छोटो अवधिका लागि कारोबार रोकिनुले बजारमा ठूलो नकारात्मक असर नपर्ने बताउँदै आएका छन् ।

तर लगानीकर्ताको मनोबल भने प्रभावित भएको छ । लगातार बिदा र अस्थिर मौसमका कारण बजार खुल्नेबित्तिकै कारोबारमा शुरूआती दिनमा उतारचढाव देखिने सम्भावना रहेको उनीहरूको आकलन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ