माइडिया ‘दसैँ–तिहार २०८२ खरिद र जित अभियान’ सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २२ बुधबार
642
Shares
काठमाडौँ । सिजी इलेकट्रोनिक्सले आफ्नो अन्तर्राष्ट्रिय गृह उपकरण ब्रान्ड माइडियाको तर्फबाट यस वर्षको दसैँ–तिहार पर्वलाई थप रमाइलो र उत्साहपूर्ण बनाउन ‘माइडिया खरिद र जित अभियान ’ नामक विशेष अफर सार्वजनिक गरेको छ।
यस अफरअन्तर्गत, उपभोक्ताहरूले माइडियाका गृह उपकरणहरू खरिद गर्दा आकर्षक उपहार, नगद फिर्ता र भाग्यमानी पुरस्कार जित्ने अवसर पाउने छन्।
उपभोक्ताहरूले खरिद गरेपछि उपलब्ध क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गरेपछि बम्पर भाग्यमानी पुरस्कारमा सहभागी हुन सक्नेछन्।
माइडिया विश्वकै अग्रणी गृह उपकरण निर्माता कम्पनी हो, जसको सेवा २०० भन्दा बढी देशहरूमा विस्तार भएको छ। नवप्रवर्तन, उच्च गुणस्तरका उत्पादन र उपभोक्ता–मैत्री प्रविधिका कारण यो ब्रान्ड विश्वभर लोकप्रिय छ।
सिजी इलेकट्रोनिक्स नेपालमा गृह उपकरण र उपभोक्ता टिकाउ सामग्रीका अग्रणी वितरक तथा विक्रेता हो। यसको विस्तृत बिक्री सञ्जाल र गुणस्तरीय सेवा प्रणालीमार्फत नेपाली उपभोक्ताहरूले अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनहरू सहजै प्रयोग गर्दै आएका छन्।
यस दसैँ–तिहारमा माइडिया र सिजी इलेकट्रोनिक्सले नेपाली उपभोक्ताको घर–घरमा नयाँ उमङ्ग, सुविधा र खुसी ल्याउने लक्ष्य लिएको जनाएको छ।