राजदूतहरूलाई प्रधानमन्त्री कार्कीको निर्देशन: परिवर्तन र निर्वाचनबारे प्रचार गर्नू
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
1k
Shares
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा रहेका नेपाली राजदूतहरूसँग भर्चुअल बैठक सम्पन्न गर्दै नेपालमा भएको राजनीतिक परिवर्तन, आसन्न निर्वाचन र आर्थिक गतिविधिका विषयमा महत्त्वपूर्ण निर्देशनहरू दिएकी छन्।
बुधबार साँझ भएको बैठकमा प्रधानमन्त्रीले राजदूतहरूलाई मुख्यतः पाँचवटा विषयमा केन्द्रित भएर काम गर्न निर्देशन दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर क्षेत्रीले जानकारी दिए।
पहिलो निर्देशनमा प्रधानमन्त्रीले नेपालमा भएको ठूलो परिवर्तन बारे सम्बन्धित मुलुक र त्यहाँका सरोकारवालाहरूलाई आधिकारिक रूपमा जानकारी गराउन आग्रह गरिन्।
दोस्रो विषयमा, निर्वाचनको मिति तय भइसकेकाले निर्वाचनका लागि विदेशी सरकार र संस्थाहरूको सहयोग आवश्यक पर्ने हुँदा त्यसका लागि आवश्यक समन्वय गर्न निर्देशन दिइएको छ।
तेस्रो निर्देशन पर्यटन प्रवर्द्धन मा केन्द्रित थियो। आन्दोलनका क्रममा पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभाव हटेको भन्दै प्रधानमन्त्रीले 'नेपाल खुलेको छ र पर्यटन लगायत आर्थिक गतिविधिहरू सुचारु भइसकेको' अवस्थाबारे सबै ठाउँमा प्रचार प्रसार गर्न जोड दिइन्।
यसका साथै, प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीहरूको अपेक्षा अनुरूप छिटो र प्रविधिमैत्री सेवा प्रवाह गर्न तथा पुनर्निर्माण कोषको खाताको विषयमा पनि प्रचारप्रसार गर्न सबै राजदूतहरूलाई आग्रह गरेकी छन्।