arrow

इराकका लागि राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
rajdut-lamsal.jpg

काठमाडौँ। इराकका लागि नेपालका राजदूत घनश्याम लम्सालले बुधबार बग्दादस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा त्यहाँका राष्ट्रपति डा. अब्दुल्लातिफ जमाल रसिदसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने क्रममा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट इराकी राष्ट्रपति रसिदको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै इराकका जनताको निरन्तर प्रगतिको कामना गरेका थिए। यो जानकारी कुवेतस्थित नेपाली राजदूतावासले दिएको हो।

प्रत्युत्तरमा, इराकी राष्ट्रपति रसिदले राजदूत लम्सालप्रति बधाई ज्ञापन गर्दै राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको निरन्तर प्रगतिको कामना गरेका थिए।

राजदूत लम्साल कुवेतका लागि नेपालका आवासीय राजदूत हुन् र उनले इराकका लागि पनि जिम्मेवारी सम्हालेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ