arrow

एसियाली टेबलटेनिस टिम च्याम्पियनशिप खेल्न नेपाली टोली भारत जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
tabletennis-82-6-23.jpg

काठमाडौँ । एसियाली टेबलटेनिस टिम च्याम्पियनशिपको २८ औं संस्करणमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली भारतको उडिसा जाने भएको छ ।

अक्टोबर ११ देखि १५ तारिखसम्म उडिसाको भुवनेश्वरस्थित कलिंगा एथलेटिक्स एचपीसी बिल्डिङमा हुने प्रतियोगितामा समान ३–३ पुरुष–महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुषमा संयोग कपाली, रुविन महर्जन र राजीव चिकन्बञ्जार तथा महिलामा नवीता श्रेष्ठ, वियंका राई र इभाना थापाले प्रतिस्पर्धा गर्ने छन् । टिममा ५ सिंगल्स स्पर्धामा खेल हुनेछ ।

टोली प्रमुखमा अखिल नेपाल टेबलटेनिस संघका महासचिव कुबेरप्रकाश सिंह र प्रशिक्षकमा मोहनदास बासुकला रहेका छन् । प्रतियोगितामा २२ राष्ट्रको सहभागिता रहने प्रशिक्षक बासुकलाले जनाएका छन् ।

नेपालमै गत जुलाइमा विश्व टेबलटेनिस च्याम्पियनशिपका लागि भएको दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगिताका आधारमा खेलाडी छनोट गरिएको टेबलटेनिस संघले जनाएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाललगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ