arrow

'जेन-जी' आन्दोलनबाट क्षतिको बीमा दाबी २३ अर्ब २२ करोड नाघ्यो

देशभर करिब एक खर्ब ८० अर्ब रुपैयाँ बराबरको क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २३ बिहिबार
genZ-fire-0987654321.jpg

काठमाडौँ। हालैको 'जेन-जी' आन्दोलनका क्रममा देशभर भएको भौतिक तथा अन्य क्षतिको कुल बीमा दाबी रकम २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार बुधवारसम्ममा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा गरी कुल ३ हजार ९९ वटा दाबी परेका छन्।

प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेको ठूलो दाबी रकममध्ये बुधवारसम्ममा अग्रिम भुक्तानीसमेत गरी करिब १ अर्ब २९ करोड १९ लाख रुपैयाँ मात्र भुक्तानी भएको छ। क्षतिको मूल्याङ्कनका लागि २ हजार ७ सय ६ जना सर्भेयर खटाइएकोमा हालसम्म ३७४ वटा सर्भे प्रतिवेदन मात्र पेश भएका छन्।

सरकारले गरेको प्रारम्भिक अध्ययनअनुसार, गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशभर करिब एक खर्ब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। यो आँकडा सार्वजनिक र निजी क्षेत्र दुवैको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री कुलमान घिसिङले केही दिनअघि जानकारी गराएअनुसार, तोडफोड, लुटपाट तथा आगजनीका कारण भएको क्षतिमध्ये सार्वजनिक सम्पत्तिमा मात्रै एक खर्ब रुपैयाँ बराबरको नोक्सानी भएको छ। निजी कम्पनीहरूले आफ्नो सम्पत्तिको बीमा गराउने गरे पनि सरकारी सम्पत्तिको खासै बीमा नहुँदा सरकारी सम्पत्तिमा ठूलो मात्रामा नोक्सानी भएको देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ