arrow

मनुष्मारा नदीमा डुबेर युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
sarlahi-flood-82-6-20.jpg
तस्बिर फाइल

मलङ्गवा (सर्लाही)। सर्लाहीको बलरा नगरपालिका–१० सुदामा भएर बग्ने मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ।

नदीमा नुहाउन गएका सोही वडाका २८ वर्षीय विवेक चौधरीको आज बिहान मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए।

मृतक चौधरीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ