arrow

मनास्लुबाट पर्यटकको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
Manaslu-Region_file_photo.jpg

गोरखा । मनास्लु क्षेत्र भ्रमण गर्न आएका पोल्याण्डका एक पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

राहदानी नम्बर एफई ०४६८९१९ भएका ३६ वर्षीय एडम बर्टोस्ज प्यासिअरबेकलाई सोमबार दिउँसो १३ः०० बजे चुमनुब्री-४ नाम्रुङबाट हेलिकप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनी माउण्टेन सनभ्याली ट्रेक कम्पनीमार्फत त्यसतर्फ भ्रमण गर्न गएका थिए । 

यसैबीच आइतबार भालुको आक्रमणबाट गम्भीर घाइते भएकी चुमनुब्री गाउँपालिका-५ ड्याङकी ७४ वर्षीया टासी भुटी लामाको पनि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।  

लामाको टाउको, अनुहार, छातीलगायतका भागमा  गहिरो चोट लागेको वडाध्यक्ष काल्देन छेवाङले जानकारी दिए । उनलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ