दसैँ–तिहारमा ब्ल्याक एण्ड डेकरको उपहार योजना : जित्न सकिने हिरो बाइकदेखि भियतनाम भ्रमणसम्म
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २८ मंगलबार
706
Shares
काठमाडौँ। अन्तर्राष्ट्रिय स्तरमा परिचित घरेलु उपकरण ब्रान्ड ब्ल्याक एण्ड डेकरले नेपालमा आफ्नो उपभोक्तामुखी उपस्थितिलाई थप सशक्त बनाउँदै यस वर्षको दसैँ–तिहार पर्वका अवसरमा विशेष उपहार योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ब्ल्याक एण्ड डेकरका उपकरण खरिद गर्ने ग्राहकहरूले हिरो स्प्लेन्डर+ मोटरसाइकल, भियतनाम भ्रमण तथा सीजी सफारी भ्रमण जस्ता आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्।
नेपालमा ब्ल्याक एण्ड डेकरका उत्पादनहरू सीजी इलेक्ट्रोनिक्स मार्फत आधिकारिक रूपमा वितरण गरिन्छ र देशभरका सीजी डिजिटल र एलजी शपका आउटलेटहरू साथै अन्य आधिकारिक बिक्री केन्द्रहरूमा उपलब्ध छन्।
योजनाको उद्देश्य
नेपालको चाडपर्वलाई अझ उत्साहपूर्ण बनाउने उद्देश्यसहित ल्याइएको यस योजनाले ग्राहकको अनुभवलाई अझ मूल्यवान् बनाउने लक्ष्य राखेको छ।
ब्रान्डको मूलमन्त्र “जीवनलाई सहज बनाऔँ”लाई अनुसरण गर्दै, यो योजनाले उपकरणको खरिदसँगै उपहार जित्ने रोमाञ्चक अवसर प्रदान गर्दछ।
प्रमुख पुरस्कारहरू बम्पर पुरस्कारहरू:
अविस्मरणीय भियतनाम भ्रमण
हिरो स्प्लेन्डर+ मोटरसाइकल
भाग्यशाली ड्र पुरस्कार:
दुई जनाका लागि सीजी सफारी भ्रमण
सहभागिता प्रक्रिया
यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले ब्ल्याक एण्ड डेकरको कुनै पनि घरेलु उपकरण खरिद गरी, सोसँगै उपलब्ध क्युआर कोड स्क्यान गरेर आवश्यक विवरण भर्नुपर्नेछ। यसरी दर्ता भएका ग्राहकहरू स्वचालित रूपमा लक्की ड्रमा सहभागी हुनेछन्।
उपलब्धता र अवधि
यो योजना भदौ २० गतेदेखि देशभरका सीजी डिजिटल र एलजी शपका आउटलेटहरू तथा अन्य आधिकारिक बिक्री केन्द्रहरूमा लागू गरिएको छ। यो योजना सीमित अवधिका लागि मात्र मान्य हुनेछ।
ब्रान्डको इतिहास र प्रतिबद्धता
ब्ल्याक एण्ड डेकर सन् १९१० मा स्थापना भएको विश्व प्रसिद्ध ब्रान्ड हो, जसले नवप्रवर्तन, दक्षता र प्रयोगकर्तामैत्री प्रविधिमाथि आधारित उपकरणहरू निर्माण गर्दै आएको छ। ११५ वर्षभन्दा लामो गौरवपूर्ण इतिहास बोकेको यस ब्रान्डका उत्पादनहरू हाल विश्वका १०० भन्दा बढी देशहरूमा उपलब्ध छन्।
ब्ल्याक एण्ड डेकरले सजिलो प्रयोग, ऊर्जा दक्षता, र दीर्घकालीन टिकाउपन मा विश्वास राख्दै आधुनिक जीवनशैलीलाई सहज र उत्पादक बनाउन योगदान गर्दै आएको छ। नेपालमा उपलब्ध सबै उत्पादनहरू २४ महिनासम्मको वारेन्टी, सीजी इलेकट्रोनिक्सको देशव्यापी सेवा सञ्जाल तथा ग्राहक सन्तुष्टि केन्द्रित सेवासँगै उपलब्ध छन्।