एनसेलले ल्यायो तिहारको बहार: ‘अनलिमिटेड डेटा र भ्वाइस’ अफर
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
940
Shares
काठमाडौँ। नेपालको अग्रणी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालीहरूको महान् चाड तिहार २०८२ को पावन अवसरमा आफ्ना ग्राहकहरूका लागि ‘अनलिमिटेड डेटा र भ्वाइस’ नामक एक आकर्षक योजना सार्वजनिक गरेको छ। चाडपर्वको समयमा आफ्ना प्रियजनहरूसँग अझ नजिक रहन र खुसीयाली साटासाट गर्न मद्दत पुर्याउने उद्देश्यले यो अफर ल्याइएको कम्पनीले जनाएको छ।
यस अफर अन्तर्गत एनसेलले अनलिमिटेड भ्वाइस र डेटाका विभिन्न प्याकेजहरू उपलब्ध गराएको छ, जसले गर्दा ग्राहकहरूले अब डेटा सकिने वा कल शुल्कको चिन्ता नगरी निर्धक्क कुराकानी र इन्टरनेटको प्रयोग गर्न सक्नेछन्। विशेष गरी, २८ दिनको अवधिका लागि ल्याइएको अनलिमिटेड प्याकले ग्राहकहरूलाई एक महिनासम्म सञ्चार सम्पर्कमा रहन सहज बनाउनेछ।
२८ दिने अनलिमिटेड प्याकको विशेषता:
एनसेलले प्रस्तुत गरेको २८ दिनको ‘अनलिमिटेड’ प्याक अन्तर्गत ग्राहकहरूले मात्र रु.५९९ मा अनलिमिटेड डेटा र रु.२९९ भ्वाइस सेवाको लाभ लिन सक्नेछन्। यो प्याक सुचारु गरेपछि ग्राहकहरूले २८ दिनसम्म एनसेल नेटवर्क भित्र अनलिमिटेड कल गर्न र कुनै पनि समयमा डेटाको चिन्ता बिना इन्टरनेट चलाउन सक्नेछन्। यो अफर विशेष गरी लामो समयसम्म भिडियो हेर्न, सामाजिक सञ्जालमा सक्रिय रहन र निरन्तर आफ्ना साथीभाइ तथा परिवारसँग सम्पर्कमा रहन चाहने ग्राहकहरूका लागि अत्यन्तै उपयोगी हुने विश्वास गरिएको छ।
कम्पनीका अनुसार, यो तिहार अफरले सञ्चारलाई थप सहज र सुलभ बनाउँदै चाडपर्वको रौनकलाई अझ बढाउनेछ। ग्राहकहरूले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी वा एनसेल एप मार्फत सजिलैसँग यी प्याकहरू खरिद गर्न सक्नेछन्। एनसेलले यस अफरले ग्राहक र उनीहरूका प्रियजनहरू बीचको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत गर्ने आशा व्यक्त गरेको छ।