सीजी इलेकट्रोनिक्सले ल्यायो 'उज्यालो भनेकै सीजी एलईडी हो' अभियान
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
939
Shares
काठमाडौँ। चौधरी ग्रुपको सहायक कम्पनी सीजी इलेकट्रोनिक्सले चाडपर्वलाई लक्षित गर्दै 'उज्यालो भनेकै सीजी एलईडी हो' नामक नयाँ अभियान सुरु गरेको छ। यो अभियान नेपालीहरूको घर-आँगनमा उज्यालो र ऊर्जा-कुशल प्रकाश समाधान पुर्याउने उद्देश्यले सञ्चालन गरिएको हो।
सीजी इलेकट्रोनिक्सले आफ्ना एलईडी उत्पादनहरूलाई 'फास्ट मुभिङ इलेक्ट्रिकल गुड्स' (एफएमईजी) को रूपमा प्रस्तुत गरेको छ, जसले घरलाई अझ आकर्षक र उज्यालो बनाउन मद्दत गर्दछ। कम्पनीका अनुसार, आधुनिक डिजाइन, ऊर्जा बचत गर्ने क्षमता र लामो समयसम्म टिक्ने भएकाले सीजीका एलईडी उत्पादनहरूले बजारमा बलियो उपस्थिति जनाएका छन्।
यस अभियान अन्तर्गत सीजीले २४ महिनाको वारेन्टीसहित विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराएको छ। यी उत्पादनहरूमा बल्ब, ट्युबलाइट, प्यानल लाइट, फ्लड लाइट, स्ट्रिट लाइट, ब्याटन लाइट र विभिन्न रङ्गका डेकोरेटिभ बल्बहरू समावेश छन्। चाडपर्वको समयमा परिवारसँगै घरलाई उज्यालो बनाउने सन्देशसहित यो अभियान ल्याइएको हो।
सीजी इलेकट्रोनिक्सका नेसनल सेल्स हेड मदन खनालले भने, "सीजी एलईडीले केवल उज्यालो मात्र प्रदान गर्दैन, यसले नेपाली घरको हरेक कुनामा खुसी र ताजगी पनि भित्र्याउँछ। हामी नेपाली उपभोक्ताको विश्वासप्रति सदैव कृतज्ञ छौँ।"
सीजीका एलईडी उत्पादनहरू देशभरका प्रमुख इलेकट्रोनिक्स पसलहरूमा उपलब्ध छन्। थप जानकारीका लागि कम्पनीको आधिकारिक वेबसाइट cgelectronics.com.np/brand/electric मा गएर वा फोन नम्बर ९८५१२३८१२१ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।